यस लक्ष्मीपुर पतारी गाउँपालिकामा बिगत २ महिना देखि रिक्त रहेका प्रमुख प्रशासकिय अघिकृत र लेखा प्रमुखको पदमा जिम्मेवारी पाउनु भएका श्री घनिक लाल यादव (प्र.प्र.अ.) र नरेश कामैत (लेखा प्रमुख) साथै भिम श्रेष्ठ (कम्प्युटर अपरेटर) लाई लक्ष्मीपुर पतारी गाउँपालिका हार्दिक स्वागत गर्दछ ।
सिरहा जिल्लाकै सवैभन्दा ठुलो गाउँपालिका लक्ष्मीपुर पतारी गाउँ कार्यपालिकाको प्रशासनिक भवन र ४० सैयाको सुबिधा सम्पन्न अस्पताल स्थापनार्थ यसै गाउँपालिका वडा नं. ३ हरिनगर बस्ने स्व. श्री बहादुर साहको नाती श्री रघुनन्दन साहको छोरा श्री रामलोचन प्रशाद गुप्ताले पतारी बजारको मुख्य चौकमै गा.पा.को लागी ५ कठ्ठा २ धुर र अस्पतालको लागी ७ कठ्ठा गरी जम्मा १२ कठ्ठा २ धुर जग्गा दान स्वरुप गाउँपालिका लाई उपलब्ध गराउनु भएको छ ।
सिरहा जिल्लाको ऐतिहासिक धार्मिक स्थल पतारी पोखरीको प्रदेश नं २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले शुक्रबार सिल्यानास गर्नुभएको छ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतका अनुसार गाउँ पालिकाको प्राङगनमा एक कार्यक्रम आयोजना गरि सास्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। धार्मिक पर्यटककिय स्थल आकर्षण क्षेत्रको रुपमा विकासमा प्रमुख प्राथमिकताको रुपमा राखिएको समेत बताए।