सिरहा जिल्लाकै सवैभन्दा ठुलो गाउँपालिका लक्ष्मीपुर पतारी गाउँ कार्यपालिकाको प्रशासनिक भवन र ४० सैयाको सुबिधा सम्पन्न अस्पताल स्थापनार्थ यसै गाउँपालिका वडा नं. ३ हरिनगर बस्ने स्व. श्री बहादुर साहको नाती श्री रघुनन्दन साहको छोरा श्री रामलोचन प्रशाद गुप्ताले पतारी बजारको मुख्य चौकमै गा.पा.को लागी ५ कठ्ठा २ धुर र अस्पतालको लागी ७ कठ्ठा गरी जम्मा १२ कठ्ठा २ धुर जग्गा दान स्वरुप गाउँपालिका लाई उपलब्ध गराउनु भएको छ ।